मालपोत अधिकृतसहित २ पक्राउ

मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई पक्राउ परेका छन् ।

सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगली सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो ।