हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
शुक्रबार बिहान कोशी र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।