देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ । संखुवासभा, ताप्लेजुङ, इलाम, सप्तरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा र सोलुखुम्बु, बैतडी, उदयपुरलगायत क्षेत्रमा राति ठूलो पानी परेको हो । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।आज दिउँसो देशभका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।