महिलामाथि खुकुरी प्रहार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेकी सीता देवी पन्तमाथि खुकुरी प्रहार भएको हो । पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ । आफूमाथि के कारणले हतियार प्रहार गरियो भन्नेबारे अनभिज्ञ रहेको उनले प्रहरीलाई  बताएकी छन् ।तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।