३८९ किलो गाँजा बरामद

सप्तरी जिल्लाको राजगढ गाउँपालिका–३, नर्घोमा ३८९ किलोग्राम गाँजा बरामद गरिएको छ ।    शौचालय र गोठमा १२ वटा बोरामा लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो ।सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीको गोप्य सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र बनैनिया बोर्डर आउटपोस्ट (बीओपी) को संयुक्त टोलीले नेपाल प्रहरीसँग मिलेर यो बरामद गरेको हो ।