तीन वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले उनको सुरक्षा कमाण्डमा खटिएका डीएसपी सिद्धराज न्यौपानेलाई फिर्ता गरेर अर्का डीएसपी दीपक सुवेदीलाई पठाएको हो ।डीएसपी न्यौपाने विसं २०७९ साउनमा प्रचण्डको पीएसओको रूपमा खटिएका थिए । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी दीपक सुवेदीलाई पठाएको छ ।