रासनका लागि एक जनालाई दैनिक २०६ रुपैयाँ छ, त्यसले बिहानदेखि बेलुकीसम्म पालिनुपर्ने अवस्था छ,’ उनले भने, ‘सबै पोशाकका लागि वर्षमा ३ अर्व ७ करोड चाहिन्छ तर सरकारले वार्षिक ६१ करोड १८ लाखमात्रै दिने गरेको छ।’
उनले सिन्धुलीसहित १७ जिल्लामा कार्यालय अस्थायी रूपमा रहेको बताए। सरकारले ५ सय ठाउँमा बिओपी राख्ने लक्ष्य राखे पनि अहिलेसम्म २६० ठाउँमा मात्रै राखिएको र त्यहाँ गस्तीका लागि सवारी साधनदेखि बस्न आवासको प्रबन्ध गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।