अमेरिकामा शक्तिशाली भूकम्पको धक्का महसुस

अमेरिकामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । नेपाली समयानुसार गएराति २ बजेतिर अमेरिकी राज्य अलास्कामा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकी वैज्ञानिकहरूका अनुसार, यो भूकम्प अलास्का प्रायद्वीपको बीचमा रहेको पोपोफ टापुको स्यान्ड पोइन्ट नजिकै गएको थियो।समाचार एजेन्सी एपीको रिपोर्टअनुसार, शक्तिशाली भूकम्पको धक्कापछि सुनामीको चेतावनी पनि जारी गरिएको छ ।