धनुषामा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक सागर शम्सेर ज.ब.रा. राणा असार महिनाका उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक सागर शम्सेर ज.ब.रा. (राणा) असार महिनाका उत्कृष्ट प्रहरी घोषित भएका छन्।

ज.ब.रा.ले विभिन्न गम्भीर आपराधिक घटनाको सफल अनुसन्धान, फरार अभियुक्तको पक्राउ तथा संवेदनशील अपराधको पर्दाफासमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उनलाई ‘ असार महिनाको उत्कृष्ट प्रहरी’ को रुपमा सम्मान गरिएको हो।