कोहलपुरमा रहेको जनगर्जन नेटवर्क प्रालिको कार्यकक्षबाट नक्कली नोट र अफिम बरामद भएको छ।
कोहलपुर नगरपालिका–११ नयाँबस्तीमा रहेको कार्यालयबाट बिहान प्रहरीले ५१ वटा एक हजारका नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपी मगरले बताए ।प्रहरीले उक्त कार्यालयबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोट नरहरिनाथ गाउँपालिका-४ का ४५ वर्षीय मानबहादुर साकार र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-१० की सपना पुन छन्।बाँकेका एसपी मगरका अनुसार मानबहादुरलाई पक्राउ पछि सुर्खेत लगिएको छ।