दाङ प्रहरीले आइतबार दिउँसो घोराहीबाट बिरामीको फोटो देखाउँदै सहयोग उठाउँदै हिँडेका एक जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१८ का २७ वर्षीय ईश्वर अधिकारी हुन्।ललितपुरका ३७ वर्षीय युवराज भोलानका नाममा रकम उठाइरहेका थिए। भोलानको नाममा उनीहरूले ‘युवराज भोलान बचाऊ अभियान समिति’ नै बनाएर रकम उठाउँदै गरेको खुलेको हो।
दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार अधिकारी पक्राउ परेपछि समिति नै बनाएर रकम उठाउँदै गरेको खुलेको हो।
यसमा अधिकारीसँगै अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको एसपी तिमिल्सिनाले बताए