विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी

(नेपाल क्राईम)                                                      कैलालीको नेपाल विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। धनगढी वितरण केन्द्रअन्तर्गत अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरेको हो ।शाहीले २२ फागुनमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रअन्तर्गत अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ।