शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका माग राखेर विरोधमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ताहरु बानेश्वरबाट पक्राउ परेका छन् ।
नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।उनीहरु विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पस कमिटीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।