बाँकेको हलबलडोलीमा करेन्ट लागेर एकको  मृत्यु

बाँकेको डुडुवा गाउँपालिका-३ हलबलडोलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका  ४० वर्षीय राधे खटिकको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।