पाँच किलो अफिमसहित एक जना पक्राउ

सुर्खेत प्रहरीले पाँच किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ। छिन्चुबाट पाँच किलो ४५० ग्राम अफिमसहित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षका जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।सुर्खेतका प्रमुख सुधिरराज शाहीका अनुसार अफिमको कारोबार भइरहेको सूचना प्राप्त भएलगत्तै निरन्तर निगरानी र अनुसन्धानपछि यति ठूलो परिमाणमा अफिम बरामद गर्न सफल भएको बताइएको छ।प्रहरीले अनुसन्धानका क्रममा बरामद अफिमको प्रारम्भिक मूल्य ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको जनाएको छ। पक्राउ परेका बस्नेतले भने भारतमा पुर्‍याउन सके यसको मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने बताएका छन्।