असई राजेश के.सी. एक प्रशिक्षण कार्यक्रममा भन्छन् जीवनको सत्यता उजागर गर्दै मरेर लानु केही पनि छैन

 

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत असई राजेश के.सी. एक प्रशिक्षण कार्यक्रममा जीवनको सत्यता उजागर गर्दै भन्छन्:

“मरेर लानु केही पनि छैन… पद, प्रतिष्ठा, सम्पत्ति — यी सबै त क्षणिक हुन्। स्थायी भनेको केवल तपाईंको नाम, तपाईंको कर्म, र तपाईंलाई सम्झने यादहरू मात्र हुन्।”

उनी थप भन्छन्,
“यो जीवन अन्ततः ढुंगा र माटोसँगै विलीन हुन्छ। अन्तिम यात्रा पुग्ने ठाउँ मसानघाट हो, जुन कसैको नाममा हुँदैन — त्यो ऐलानी जग्गा हो। त्यसैले छोडिदिनुहोस् सम्पत्तिको घमण्ड, पदको अहंकार र प्रतिष्ठाको मोह। अन्ततः तपाईँसँग रहने भनेको तपाईँका कर्म हुन्, जसले तपाईंको नामलाई अमर बनाउँछ।”