केन्द्रीय प्रहरी कार्यालयले हालै एउटा सार्वजनिक सूचना पत्राचार गर्दै काजमा रहेका देशभरका प्रहरीलाई दरबन्दी भएको प्रहरी कार्यालयमा फिर्ता बोलाएको थियो ।
तर यसको अवलम्बन भने भएको देखिदैन । पावर, राजनीतिक सोर्सको बलमा हाल पनि उक्त निर्देशन विरुद्ध अटेर गर्दै केही प्रहरी काजमा बस्दै आएका छन ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ लगदहवा बस्ने नेपाल प्रहरीका जवान रिजवान अलि बेहना विगत ५ वर्ष भन्दा बढी देखि गृह जिल्लामा बस्दै आएका छन ।
दरबन्दी अन्त जिल्लामा भएपनि उनी जान नमानेका बेेहना आफ्नै घरमा बस्दै आएका छन् । प्रदेशले पटक पटक पत्रचार गर्दा अन्य प्रहरी दरबन्दी भएको कार्यालय फर्किएपनि उनी भने अटेर गरेका छन ।(रास्स)