स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित एक चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाङ जियान रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले वाङलाई सोमबार साँझ बौद्धबाट पक्राउ गरेको  एसपी अपिल राज बोहराले  जानकारी दिए ।

गोप्य सूचनाको आधारमा परिसर र प्रहरी वृत्त बौद्धसमेतको टोलीले बौद्धको नयाँ बस्ती स्थित एक कोठामा छापा मार्दा सो रकम फेला पारेको थियो ।