(नेपाल क्राईम)
गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित १३ जवनाकोे सरुवा तथा पदस्थापन गरेको छ । आज (बुधबार)को निर्णयअनुसार गृहले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो ।
जसमा मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।