हाइड्रोपावरमा फसेका २३ जनाको उद्धार

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूको नेपाली सेनाले उद्धार गरेको छ ।

आज बिहान भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई अन्य नेपाल प्रहरी र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि थप फौज खटिएको पनि सेनाले जनाएको छ ।