स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाङ जियान रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले वाङलाई सोमबार साँझ बौद्धबाट पक्राउ गरेको एसपी अपिल राज बोहराले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा परिसर र प्रहरी वृत्त बौद्धसमेतको टोलीले बौद्धको नयाँ बस्ती स्थित एक कोठामा छापा मार्दा सो रकम फेला पारेको थियो ।