(नेपाल क्राईम) जाजरकोटमा अनुगमनका निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार हुँदा घाइते भएका छन् । घाइते हुनेमा बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुन रहेका छन् । उनीमाथि सोही गाउँपालिकाको वडा नम्बर ६ का टेकेन्द्र नेपालीले ढुंगा र रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।