सेतो हेरोइनसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेतो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले भारतीय नागरिकलाई सेतो हेरोइनसहित पक्राउ गरेको सहप्रवक्ता डिएसपी जीवन निरौलाले जानकारी दिए।

शनिबार राति ११ बजेतिर थाई एयरवेजबाट बैंकक हुँदै काठमाडौं आएका भारतीय नागरिक ६५ वर्षका राकेश वाहबबाट ६.५ किलो सेतो हेरोइन बरामद भएको हो।प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।