आइतबार दाङको देउखुरी, लमही नगरपालिका अन्तर्गत वडा एरियामा वन्यजन्तु बाघको छाला (ओखेटोपहार)को अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापामारेर ३ जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यलय, लमहीकाका ईन्स्पेक्टर रोशनराज पाण्डेयको कमाण्डमा खटिएको टोलीले आइतबार बिहानको २ बजे दाङको गढवा गाउँपालिका वडा नं. ६ खवरीगाउँस्थित सोही ठाउँमा बस्ने वर्ष ४१ को बिक्रम बुढा मगरको घरमा लुकिछिपी वन्यजन्तु बाघको छाला (ओखेटोपहार)को अवैध कारोबार गरिरहेकै अवस्थामा बिक्रम बुढा मगरसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा दाङकै राजपुर गाउँपालिका वडा नं.१ गुरुङखोला बस्ने वर्ष ५३ को केशवराज सेन ठकुरी तथा बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.४ पदनाह बस्ने वर्ष ३३ को अनिल थारु रहेका छन् ।