भेरीगङ्गा नगरपालिका–८ कुइरेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार दिउँसो करिब ३ बजेतिर वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको बेला चट्याङ परेको हो।सोही वडाका २७ वर्षीय डिलबहादुर शाही गम्भीर घाइते भई उपचारका लागि मेहलकुना अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।