बाराबाट २१२ किलो गाँजासहित ४ जना पक्राउ

बाराको परवानीपुर गाउँपालिका–५, बहुअरी टोल नजिक गण्डक नहर सडकखण्डमा चेकजाँचको क्रममा २१२.९२८ किलोग्राम लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो पिकअप गाडीलाई रोकेर जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।गाडीमा सवार व्यक्तिहरूले “धानको भुस” बोकेको बताएका थिए। तर, शंका लागि तलासी गर्दा गाडीभित्र लुकाएर राखिएको गाँजा बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी निरीक्षक खेम प्रसाद नेपालले  जनाएको छ।