कोरोना संक्रमित एक महिलाको मृत्यु

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामको सूर्याेदया नगरपालिकाकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको जानकारी दिए ।