पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको डाइभर्सन बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक बाटो पनि अवरूद्ध भएपछि सो सडकखण्डमा सवारी साधन ठप्प भएको हो ।