लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नम्बरको को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने २२ वर्षीय रोजिना रानामगर रहेका छन् ।