हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाव्दारा जारी बुलेटिनमा उल्लेख छ ।