जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।