बाघको आक्रमणबाट एक जना गोठालाको मृत्यु

बारा जिल्लास्थित जंगलमा मंगलबारबाघको आक्रमणबाट एक जना गोठालाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बसोबास गर्दै आएका वीरबहादुर थिङको बाख्रा चराउने काममा रहेका ५५ वर्षीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।