हिजो एकै दिन कोशी प्रदेशका दुई जिल्लामा दुई वटा हात्ती मृत भेटिएका छन् । सोमबार बिहान सुनसरी र झापामा दुई हात्ती मृत फेला परेको हो । सोमबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो ।
कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा अन्दाजी ७ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको हो । हात्तीको मृत्युको कारण खुलेको छैन । सोमबार बिहान नै झापाको मेचिनगरमा पनि हात्ती मृत फेला परेको छ ।