राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रणको कार्यलय (कक्षा १०) ले यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नितिजा असारको तेस्रो साता सार्वजनिक गर्ने गरी तयारी सुरु गरेको छ ।
परीक्षा बोर्डको नियमित्त कार्य तालिका अनुसा असारको पहिलो साता नै नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैत देखि २९ सम्म शिक्षकहरुले गरेको शैक्षिक आन्दोलनको कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा सार्वजनिक मिति पनि पछि सरेको बोर्डले जनाएको छ । ‘परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन’, परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।