नेपालगञ्ज उपमहानगरपालिका–१ प्रगति टोल नजिकै लागू औषध ब्राउन सुगरसहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चुन चुन पासि नेपालगन्ज उपमहानगरपालिका . १ प्रगति टोल ऎ ऎ बस्ने २९ वर्षीयको चुन चुन रहेका छन्। शंकास्पद अवस्थामा चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो। बाँकेका एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएको छ। बरामद पदार्थको शुद्ध तौल १०६ ग्राम ९८० मिलिग्राम रहेको छ।थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगेर थप अनुसन्धान सुरु गरेको बाँकेका एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएको छ।