केही दिनअघि दुर्गामुर्ति बिसर्जनकाे समयमा जातिय द्वन्द फैलाउन सक्रिय भएको र सामजिक सन्जाल फेसबसकमा स्टार्टस, कमेन्ट गरेर समाज भडकाउने काममा लागेका व्यक्तिहरुकाे खाेजी र कारवाहीमा यतिबेला एसपी जीसी नेतृत्वको बाँके पुलिस एक्शनमा देखिएकाे हाे ।बाँके पुलिसले यस्ता गतिविधिमा संलग्न भएको भन्दै केही व्यक्तिको लिष्ट पनि तयार पारेर उनीहरूकाे खाेजी गरिरहेकाे छ र साथै दुई जनालाई नियन्त्रणमा लिइ आबश्यक साेधपुछ गरिएको छ ।घटना संलग्न भएको प्रमाणका आधारमा उनीहरू माथि कानुन कारवाही अघि बढाउने बाँके प्रहरी एसपी जीसी जनाएका छन् ।