२ करोड रुपैयाँ हिनामिनाको आरोपमा सहायक रथी ब्रिगेडियर जनरल रोशन खड्का र सेनानी मेजरबोधराज कार्कीमाथि कोर्टमार्सल

नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा २ करोड रुपैयाँ हिनामिनाको आरोपमा सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीमाथि कोर्टमार्सल प्रक्रिया अघि बढाइएको छ ।उक्त प्रकरणमा संलग्न रहेको आशङ्कामा यी दुई अधिकृतलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) सुरु गरिएको छ । यो घटनामा पूर्वजमदार आत्माराम थापा कारागार चलान भइसकेका छन् । चारैजना सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा मिलेमतोमा रकम हिनामिना गरेको आरोप लागेको छ ।(रास्स)