आजको मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा जारी रहने जानकारी दिएको छ ।

महाशाखाले अहिले बिहान ८ बजे आगामी २४ घण्टे बुलेटिन जारी गर्दै परामर्श तथा चेतावनी दिएको हो । आज बिहानदेखि कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै, बागमतीका काठमाडौं लगायतका स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।महाशाखाले जारी गरेको बुलेटिथनमा भनिएको छ, ‘कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।