नगर प्रहरी कार्यालय वीरेन्द्रनगरबाट खटिएको टोलीले ट्रमाडोल ट्याब्लेट नामक लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले आईतबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–४, यरीचोकमा रमेश बहादुर शाहीले सञ्चालन गरेको जयलक्ष्मी फार्मेसीमा छापा मारेर लागुऔषध बरामद गरेको हो।चेकजाँचका क्रममा भित्री कोठाबाट ट्रमाडोल ट्याब्लेट २४७ पिस र खाली ट्रमाडोलको प्याकेट ४१० ओटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढाथोकीले जानकारी दिए।
फार्मेसी सञ्चालक रमेश बहादुर शाहीसहित स्थानीय २५ वर्षीय हिक्मतजंग शाही र २५ वर्षीय प्रलाद अधिकारीलाई नियन्त्रणमा लिइएको हो।