संसदमा बोल्न नपाएपछि गृहमन्त्रीले पत्रकार सम्मेलन गर्दै

गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

आजै अपरान्ह ५ बजेका लागि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोपबारे संसदमा जवाफ दिन समय माग गरेका थिए । मंगलबार नै संसदमा आफ्नो धारणा राख्ने तयारी गरे पनि विपक्षीहरुले राजीनामा माग्दै अवरोध गरेका थिए । साथै आज पनि गृहमन्त्री लेखकले आफ्नो धारणा राख्ने तयारी गरेका थिए । तर संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरे आफ्ना धारणा राख्न लागेका हुन् । त्यसो त गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गरेर राजीनामा दिन सक्ने समेत अनुमान गरिएको छ । तर उनको सचिवालयले भने त्यसबारेमा केही बोलेको छैन ।(रास्स)