बाँकेबाट  ठुलो परिमाणमा खैरो हेरोइनसहित तीन जना पक्राउ

बाँकेबाट  ठुलो परिमाणमा खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

नेपालगन्जको वडा नम्बर ८ का २५ वर्षीय सरीफ कवाडियालाई २७ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।

खैरो हेरोइनको कारोबार भइरहेको विशेष सुचना पाए पछि मंगलबार साँझ   नेपालगन्ज लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयको  टोलीले कवाडियाको घरमा खानतालासी गर्ने क्रममा उक्त २७ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका  एसपी रामप्रसाद घर्ती मगरले  जानकारी दिएको छ।उनको साथबाट डिजिटल तराजु समेत बरामद गरिएको हो।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनहाबाट खटिएको टोलीले  नेपालगन्ज-२१ का २० वर्षीय समीर खान र सोही स्थानका २१ वर्षीय कस्मिन सिंह ठकुरीलाई ९ ग्राम १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको  बाँकेका  एसपी रामप्रसाद घर्ती मगरले   जानकारी दिएको छ।

मंगलबार दिउँसो भारतको रुपइडिहाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा नेपालगन्ज-१५ जमुनहा नाकाबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरिएको हो।खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगेर थप अनुसन्धान सुरु गरेको बताइएको छ।