बैंकको १ अर्ब २६ करोड रूपैयाँ अपचलन गरेको आरोप लागेका कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । अदालतबाट पक्राउ पूर्जी जारी भएका उनी त्यसपछि फरार थिए ।
राय पक्राउ परेको पुष्टि गर्दै सीआईबीका प्रवक्ता, एसपी युवराज खड्काले यसबारे विस्तृत केहीबेरमा सार्वजनिक गरिने बताए ।