आफूखुसी गैर हाजिर भएका हवल्दारसहित २१ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले (आज) आइतबार एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।