नारायणीमा डुबेर एक पुरूष बेपत्ता

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित नारायणी नदीमा माछा मार्न गएका गैंडाकोट-७ का ४० वर्षीय काइँला भनिने यामलाल दराई बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार यामलाल शुक्रबार बेलुकी आफ्ना दुई साथीहरूसँग माछा मार्न भनेर नारायणी नदीतर्फ गएका थिए।

बेलुका ८ बजे उनी नदीमा डुबेर बेपत्ता भएका थिए। शुक्रबार खोजी गर्दा नभेटिएपछि शनिबार बिहानैबाट खोजी सुरू गरिएको डिएसपी नेपालले जानकारी दिए।