सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार सर्लाहीको बागमती गाउँपालिका-१ पानी ट्यांकी चोकस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा बालुवा लोड भएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका-१० का २१ को मोहमद कैफ मिकरानी छन्।मलंगवा-१० कै ४ को सुमितकुमार यादव सवार बा ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ना ७ ख ६३९१ नम्बरको टिप्परले ठक्कर दिएको थियो।टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाइएको थियो।उपचारका क्रममा शनिबार मध्याह्न १२:१० बजे मिरानीको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।