कैलालीमा सशस्त्र प्रहरीलको थप एक बोर्डर आउट पोस्ट बीओपी स्थापना

सशस्त्र प्रहरीले थप एक बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। धनगढी उपमहानगरपालिका– २ स्थित नल्का घाट बेसलाई स्तरोन्नति गर्दै बीओपी स्थापना गरिएको हो।

आज बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरे।

उद्घाटन गर्दै उनले सीमा सुरक्षासगैं चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि बीओपीले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।