सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रिहा भएका छन्।
शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले वरिष्ठ उपाध्यक्ष मिश्रको रिटको सुनुवाइ गर्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको हो।
चैत १५ गते पक्राउ परेका मिश्र ४९ दिन हिरासतमा बसेर छुटेका हुन्।