भारत र पाकिस्तानबीच जारी तनावलाई कम गर्ने उद्देश्यसहित दुवै देशले युद्धविरामको सहमति गरेका छन् । सहमति आज साँझदेखि तत्काल लागू हुने भएको छ पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका परराष्ट्र सचिव विक्रम मिस्रीबीच भएको छलफलपछि दुवै देशका सैन्य अधिकारीहरूले पूर्ण युद्धविराम लागू गर्ने निर्णयमा पुगेको जानकारी दिएका हुन् ।एक छोटो विज्ञप्ति जारी गर्दै मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ १७ः०० बजेपछि युद्धविराम लागू गर्ने निर्णय भएको छ । अब स्थल, आकाश र समुद्रमा कुनै पनि प्रकारका सैन्य गतिविधि गरिने छैन ।’