एफपीयू मिसनमा तैनाथ ११ औं डफ्फाको सशस्त्र टोली स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानको एफपीयूमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी ११औं डफ्फाको टोली बुधबार राति स्वदेश फर्किएको छ ।स्वदेश फिर्ता भएको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा स्वागत गरे ।