भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपाल-भारत सीमा नाकामा जमुनहा कडाइ गरिएको छ।
बुधबार राति भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको थियो। नेपाल-भारत सिमा नाकामा नेपाल र भारत दुवै पक्षले निगरानी कडा बनाएको छ।
सशस्त्र प्रहरीले विज्ञप्ती नै जारी गरी सिमानामा सुरक्षा सतर्कता बढाइएको जानकारी गराइएको छ। विशेषगरी खुला सिमाना भएका ठाउँहरूमा पनि सुरक्षा सतर्कता बढाइएको छ।
नेपालगन्जको जमुनहा नाकामा पनि सामान्य अवस्थाको तुलनामा निगरानी बढाइएको छ। त्यहाँ चौबिसै घन्टा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली खटिएका छन्।